दराजले ल्यायो नयाँ वर्षे योजना, के के छ नयाँ अफर ?
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले आफ्ना ग्राहकलाई लक्षित गरी नयाँ वर्षे विशेष योजना ल्याएको छ । अनलाइन सपिङ दराजले नयाँ वर्ष लक्षित ‘नयाँ रहर, नयाँ अफर’ योजना ल्याएको हो । यो योजनामा ग्राहकले विभिन्न छुट पाउनेछन् ।
नयाँ वर्षको शुभ(अवसरमा दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, विशेष छुटहरु, उत्कृष्ट पुरस्कारका साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर लिएर आएको जनाएको छ ।
दराजमार्फत खरिद गरी डेबिट तथा क्रेडिड कार्डमार्फत भुक्तानी गर्दा एक हजारदेखि १५ सय रुपैयाँसम्म छुट समेत पाइने छ । नबिल, सानिमा, एनएमबी, मेगा, माछापुच्छ्रे, सनराइज, स्ट्यान्डर्ड च्याटर्ड र हिमालयन बैंकबाट ग्राहकले उक्त छुट पाउने दराजले जनाएको छ ।
दराजका Business Development Associate दिपा बस्यालको अनुसार ग्राहकहरुले आफ्नो ई-सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाका लागि ५०० सम्मको विशेष छुट पाउन सक्ने छन् भने ग्राहकहरुले खेल १ रुपैयाँको, एड टू कार्ट, मिसन नव वर्ष २०७८ जस्ता गेमहरुमा भाग लिई थुप्रै उपहार जित्न सक्नेछन् ।
तपाइको प्रतिक्रिया