भारतमा कोरोना कहर : कति पुग्यो मृतक र संक्रमितको संख्या ?

एजेन्सी । भारतमा १ करोड १० लाख ९६ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १७ हजार ३४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १० लाख ९६ हजार ४४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११७ जनाको ज्यान गएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ८७ पुगेको हो । यो समाचार...

क्यालिफोर्नियामा भेटियो कोरोनाको नयाँ स्वरुप, छ झन् घातक

एजेन्सी । केही साता अघिदेखि अहिले बेलायत र दक्षिण अफ्रीकामा कोरोना भाइरसको नयाँ स्वरुपबाट मानिसहरु चिन्तित भइरहेका थिए । अहिले आएर अमेरिकामा पनि कोरोनाको नयाँ स्वरुप फेला परेको छ । यो स्वरुप क्यालिफोर्नियामा फेला परेको छ । यो नयाँ स्वरुपलाई सनफ्रान्सिस्कोस्थित क्यालिफोर्निया यूनिभर्सिटीका वैज्ञानिकले पत्ता लगाएका हुन् । नयाँ कोरोना भाइरस धेरै संक्रामक, धेरै खतरनाक र धेरै घातक हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ । यसबाट संक्रमित हुने मानिस गम्भीर रुपले...

आठ कक्षासम्मका विद्यार्थीलाई परीक्षा नलिइ पास गरिने

एजेन्सी । भारतको नयाँदिल्ली सरकारले आठ कक्षासम्मका विद्यार्थीहरुको परीक्षा नलिने निर्णय गरेको छ । कोरोना संक्रमणको महामारीका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेकाले कक्षा तीनदेखि आठसम्मका विद्यार्थीहरुको लिखित परीक्षालाई असाइन्मेन्ट र प्रोजेक्ट वर्कबाट प्रतिस्थापन गरिएको छ । यसैको आधारमा प्राप्ताङ्क र ग्रेड निर्धारण गरी विद्यार्थीहरुलाई उत्तीर्ण गराइने छ । साथै कक्षा शिशुदेखि दुई कक्षासम्म सबै विद्यार्थीहरुलाई माथिल्लो कक्षामा सीधै भर्ना गरिने छ । दिल्लीका उपमुख्यमन्त्री एवम् शिक्षामन्त्री मनिष सिसोदियाले भनेका छन्,...

एक डोज मात्रै लगाए पुग्ने कोरोनाविरुद्धको खोप स्वीकृत

एजेन्सी । एक डोज मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी नियामक निकायले जनाएको छ । अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले जोन्सन एण्ड जोन्सनको खोपलाई सर्वासाधारणको प्रयोगका लागि केही दिनमै स्वीकृति प्रदान गर्ने सम्भावना छ । योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाउने छन् । यसअघि स्वीकृति पाएका फाइजर र मोदेर्नाको खोप अहिले सर्वसाधारणलाई लगाउने क्रम जारी...

कोभ्याक्स कार्यक्रम बारे बोले डब्ल्यूएचओ प्रमुख, दिए यस्तो सन्देश

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानम गेब्रेयेससले धनी मुलुकलाई कोभ्याक्स कार्यक्रमलाई बेवास्ता नगर्न आग्रह गरेका छन् । कोभ्याक्स कार्यक्रम विश्वका सबै मुलुकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्‍याउने उद्देश्यका साथ ल्याइएको हो । डब्ल्यूएचओका प्रमुख गेब्रेयेससले धनी मुलुकहरुलाई अतिरिक्त कोरोना खोप खरिद गर्नुभन्दा पहिला कोभ्याक्स कार्यक्रमलाई यसले असर पार्छ कि भन्ने विषयमा सोच्न आग्रह गरेका छन् । धनी मुलुकहरुले अहिले अर्बौं डोजको कोरोना खोप खरिद गरिसकेका...