शाहिद अफ्रिदीले ईपीएल क्रिकेट खेल्ने
-संवाददाता

काठमाडौं । पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् । ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो । ४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी-२० आई खेलेका छन् । पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदीले तीन फर्म्याटमा...

टोकियो ओलम्पिकमा नेपालका ५ खेलाडी : कुन खेलाडीको प्रतिस्पर्धा कुन दिन ?
-संवाददाता

काठमाडौं । टोकियो ओलम्पिकमा नेपालको पनि सहभागिता रहेको छ । यसपटक ५ खेलाडीले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपालका लागि पौडीकी गौरिका सिंह र अलेक्जान्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार तथा जुडोकी सुनिया भट्टले टोकियोमा खेल्ने छन् । मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका र अलेकजेन्डरले बोके । ओलम्पिकमा नेपाल अहिलेसम्म पदकको नजिक पुग्न सकेको छैन । यद्यपि ओलम्पिकमा नेपालका केही उल्लेखलायक क्षण छन् । नेपालले प्रथम पटक...

आइसीसीको टी-२० वरियतामा नेपालका कुन खेलाडी कति औं स्थानमा ?
-संवाददाता

काठमाडौं । आइसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालबाट चार खेलाडी परेका छन् । आइसीसीको नयाँ वरियतामा कुशल भुर्तेलको वरियता खस्किएको छ भने कप्तान ज्ञानेन्द्र मल्लको वरियता बढेको छ । युवा खेलाडी कुशलको नयाँ वरियता ६१ पुगेको छ । उनी दुई स्थान तल झरेर ५९ बाट ६१ मा पुगेका हुन् । अझैपनि कुशल बंगलादेशका अलराउण्डर शकिव अल हसन भन्दा एक स्थान माथि रहेका छन् । यस्तै नयाँ वरियतामा पूर्व कप्तान पारस खड्काको...

नयाँ फर्म्याटको प्रतियोगिता ‘द हन्ड्रेड’ सन्दीपले नखेल्ने
-संवाददाता

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुन लागेको नयाँ फर्म्याटको प्रतियोगिता ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । इंग्ल्याण्ड क्रिकेट बोर्ड (इसिबी) ले भिसालाई मान्यता नदिएपछि सन्दीपले द हन्ड्रेड नखेल्ने भएका हुन् । प्रतियोगिता खेल्न १० दिनअघि बेलायत पुगेका सन्दीपलाई त्यहाँको सरकारले भीसा मान्यता नदिएको र देश छाड्न आग्रह गरेकाले सन्दीप एक दुई दिनमै नेपाल फर्कने सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । असार २४ गते इंग्ल्याण्ड पुगेका...

नेपालमा विदेशी लिग सञ्चालन हुन लागेकै हो त ?
-संवाददाता

एजेन्सी । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा कुनै विदेशी लिग सञ्चालनको लागी कसैले अनुमती नलिएको बताएको छ । क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हाल सामाजिक सञ्जालमा ब्याप्त नेपालमा विदेशी लिग हुने खबरमा क्यानको गम्भीर ध्यानाकषर्ण भएको बताएको छ । केही दिनयता सामाजिक सञ्जाल तथा अनलाइन न्युज पोर्टलमा नेपालमा विदेशी लिग हुने हल्लाकाबीच क्यानले आफ्नो स्पष्टीकरण दिएको हो । ...