एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष भुजेलको मृत्यु
-संवाददाता

काठमाडौं । दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढलेका थिए । बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचारारत उनलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो । उनी हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनबाट चुङ्नाम क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित भएका थिए । उनी प्रवासी...

वैदेशिक रोजगारीले दिएको पिडा, ‘मलेसियाबाट ल्याइयो २४ नेपालीको शव’
-संवाददाता

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए ३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका...

बेलायतमा एक नेपाली युवाले गुमाए ज्यान
-संवाददाता

काठमाडौं । बेलायतको नटिङघम शहरमा एक नेपालीको ज्यान गएको छ । मृत्यु हुनेमा ३४ वर्षे बद्री गौतम रहेका छन् । गत शुक्रबार बिहान ९ बजे साइकल चढेर भलिबल खेल्न निस्किएका रोबिनहुड रोड नेर गल्स एकाडेमी स्कुल आगाडि दुर्घटनामा परेका थिए । घटनापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा निधन भएको गौतमका भिनाजु विष्णु चालिसेले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा...

कोरोनाबाट विदेशमा थप १३ नेपालीले गुमाए ज्यान, कुन देशमा कति ?
-संवाददाता

काठमाडौं । कारोना भाइरस (कोभिड १९) का कारण दुई साताको अवधिमा विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा ७ जना, भारतमा ५, कतारमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो । संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारणले मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ...

अमेरिकामा नेपालीलाई सजाय, २ लाख ३० हजार डलर तिर्नुपर्ने
-संवाददाता

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा व्यापार गरेर बसेका एक जना नेपालीलाई गैरकानूनीरुपले राज्यको रकममा जालसाझी गरेको आरोपमा ठूलो रकम सजाय भएको छ । उनले २ लाख ३० हजारभन्दा बढी रकम सजायस्वरुप फिर्ता गर्नु परेको संधीय अभियोजनकर्ताद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । इष्टर्न डिष्ट्रिक भर्जिनियाका एक्टिंग युएस एटर्नी राज पारेखद्वारा जारी विज्ञप्तिमा केसी इन्भेष्टमेण्ट्स ग्रुप, इन्क (केसी इन्क) ले पे चेक प्रोटेक्सन प्रोग्राम (पीपीपी) अन्तर्गत धेरै लोन लिएर जालसाँझी गरेकोमा...