मंगल ग्रहमा यसरी भएको थियो अन्तरिक्ष यान ल्याण्डिङ (भिडियोसहित)

एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्दै गरेको एउटा अद्भुत भिडियो सार्वजनिक गरेको छ । गत हप्ता नासाले मंगल ग्रहमा पर्सिभिअरेन्स रोभर नामक अन्तरिक्ष यान अवतरण गरेको थियो । नासाले मंगल ग्रहको सतहमा यान अवतरण गर्दाको अन्तिम क्षण कैद भएको भिडियो सार्वजनिक गरेको हो । अन्तरिक्ष यानलाई रकेटले झुलाउँदै जेजेरो क्रेटर नाम दिइएको सतहमा राखेको थियो । नासाले यान अवतरण भएको पल रेकर्डिङ गर्नका लागि मात्र...

प्रहरी, एम्बुलेन्स र दमकलको नम्बर एउटै, अब कति ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आपतकालीन समयमा प्रयोग हुने तीन वटा नम्बरलाई एउटै बनाउने भएको छ । उक्त नम्बरहरु प्रहरीको १००, दमकलको १०१ र एम्बुलेन्सको १०२ लाई एकीकृत गरी एउटै बनाउने तयारी अन्तिम चरणमा पुगेको हो । प्राधिकरणका अनुसार यसका लागि प्राधिकरणले आवश्यक कार्यविधि निमार्ण गरी एक हप्ताअघि मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको छ । उक्त कार्यविधि अनुसार अब प्रहरी, दमकल र एम्बुलेन्सको एउटै नम्बर १०० हुनेछ । अब...

कोरोना भाइरस बारे शोधकर्ताको नयाँ र खतरनाक खुलासा

एजेन्सी । कोरोना भाइरसबाट हुने मृत्युको विषयमा नयाँ र खतरनाक खुलासा भएको छ । कोरोना भाइरसबाट संक्रमित भइसकेका बिरामीहरुको हृदयाघातबाट ज्यान जाने खतरा धेरै हुन्छ । यो खुलासा स्वेडेनका वैज्ञानिकहरुले गरेका हुन् । शोधका अनुसार कोरोना संक्रमित भइसकेपछि हृदयाघातबाट ज्यान जाने खतरा महिलाहरुमा बढी हुन्छ । शोधकर्ताहरुका अनुसार कोरोना संक्रमित महिलाहरुलाई हृदयाघात भएको अवस्थामा उनीहरुको ज्यान जाने जोखिम ९ गुणा बढी भएको पाइएको छ । युरोपियन हर्ट जर्नलमा प्रकाशित शोधपत्रका अनुसार...

अब नेपालका ३१ जिल्लामा निःशुल्क इन्टरनेट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पुर्‍याएको छ । प्राधिकरणले आज (आइतवार) एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो । एकतीस जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था-केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पुर्‍याइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताए । उनका अनुसार उक्त परियोजनाअन्तर्गत ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु, अछाम, बझाङ र बाजुरा गरी...

एप्पलद्वारा दुई नेपाली ह्याकर सम्मानित

काठमाडौं । नेपाली सुरक्षा अन्वेषक पंकज ठाकुरलाई विश्व प्रसिद्ध टेक कम्पनी एप्पलले साढे ११ लाखबाट सम्मानित गरेको छ । एप्पलको आईक्लाउडको सुरक्षा मुद्दा तथा बगलाई पत्ता लगाउन सफल भएको कारण उनलाई उक्त रकमबाट कम्पनीले सम्मानित गरेको हो । २२ वर्षीय पंकजले आईक्लाउडमा फोटो अपलोड गर्दा एपीआई तथा टोकन नहुने भएकोले सम्पूर्ण विवरण सार्वजनिक रुपमा जाेकसैले पहुँच गर्न सकिने बग पत्ता लगाएका हुन् । उनले पत्ता लगाएको साे बगलाई कम्पनीले पाँच...