
रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् । गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका–६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न आज यहाँ आएका पूर्वप्रधानमन्त्री देउवाले देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए । अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि नेकपाले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाए भारत पनि खुसी हुने भनी दिएको अभिव्यक्तिको खण्डन गरेका छन् । नेकपाको केन्द्रीय कमिटी बैठकका क्रममा अध्यक्ष दाहालले आफूले नेकपा, कांग्रेस र जसपासँग मिलेर सरकार बनाए नेपालको स्थायीत्वका कारण भारत र चीन दुवै पक्ष खुसी हुने भनी दिएको अभिव्यक्तिलाई मिडियामा तोडमरोड गरिएको भन्दै स्पष्टोक्ति दिएका...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद स्वीकार्ने संकेत दिएका छन् । उनले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताए । बुधबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने स्षप्ट पारे । ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ,’ उनले भने । सोही कार्यक्रममा महामन्त्री शशांक कोइरालाले नेकपाको प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्ने धारणा राखे ।...

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले ओली पक्षका नेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई लगायतलाई कारबाही गरेपछि ओली समूहले भने कारबाहीको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएको छ । ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्ड–नेपाल समूहले आफूहरुलाई कारबाही गर्नु भनेको डेरावालले घरबेटीलाई निकालेको घोषणा गर्नुजस्तै भएको प्रतिक्रिया दिए । उनले भने, ‘कारबाहीको कुनै अर्थ छैन । डेरावालले घरबेटीलाई निकाल्नुको के अर्थ ? यसको कुनै अर्थ छैन । मुल पार्टी...

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल नेतृत्वको नेकपाले संसदीय दलको सचेतकबाट हटाउने निर्णय भनी गरेको निर्णयलाई सचेतक शान्ता चौधरीले चुनौती दिएकी छन् । पाहुना आएकाहरूले आफूलाई घरबाट जा भन्न नसक्ने उनको टिप्पणी छ । ‘हामी हाम्रो घारमा शानदार रूपमा बस्छौं । घरलाई सुन्दर बनाउँछौं । पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन्,’ चौधरीले बुधवार फेसबूकमा लेखेकी छिन् । यसअघि प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले संसदीय दलका उपनेता...