आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?
-संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका थप ७७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४७५, भक्तपुरमा १३२ र ललितपुरमा १६७ जना संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो चौबीस घन्टामा देशभर ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ । देशभर हालसम्म २८ हजार ८३६ जना सक्रिय संक्रमित छन् । मंगलबार १ हजार ७७८ संक्रमणमुक्त भएका छन्...

नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, मृत्युदर भने उस्तै
-संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८९९ जना कोभिड-१९ संक्रमित थपिएका छन् । १२ हजार ६५५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जनामा र ४ हजार ८६३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ जनामा संक्रमण देखिएको हो । यस्तै, १ हजार ७७८ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप २० जनाको मृत्यु भइसकेको छ । देशभर हालसम्म कोभिड-१९ संक्रमणका कारण ९...

नेपालबाट श्रमिक लैजाँदै इजरायल, कस्तो व्यक्ति जान पाउँछन् ?
-संवाददाता

काठमाडौं । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो । कोरोना महामारीका कारण अवस्था असामान्य नभएमा इजरायलले मागेको श्रमिकका लागि एक/डेढ हप्ताभित्र विज्ञापन खुलाएर श्रमिक पठाउने तयारी सरकारको छ । सरकारले गत वर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै...

आज भूकम्पको धक्का महसुस
-संवाददाता

काठमाडौं । आज बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ । भूकम्पको क्षति बारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । रासस ...

काठमाडौंमा फेरि संक्रमणको ग्राफ उकालो लाग्दै, आज कति थपिए ?
-संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा १ हजार ६८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर २७ हजार ९०८...