आजको मौसम : यी क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना
-संवाददाता

काठमाडौं । आइतबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण वर्षाको आँकलन गरिएको हो । आइतबार दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा बदली रहने छ । साथै, देशका केही स्थाननमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार राति पनि वर्षाको...

कोरोना संक्रमितको हिसाबले नेपाल कति औं स्थानमा पुग्यो ?
-संवाददाता

काठमाडौं । कोरोना भाइरसको महामारीको दोस्रो लहर चलिरहँदा समेत अझै नियन्त्रणमा आउन सकेको छैन । विश्वभर कोरोना संक्रमितको संख्या १५ करोड ८३ लाखभन्दा बढी छ भने ३२ लाख ९५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ३ करोड ३४ लाख ५४ हजार ५ सय ६५ जना संक्रमित भएकोमा ५ लाख ९५ हजार ५ सय ८७ जनाको ज्यान गएको छ । कोरोनाबाट प्रभावित मुलुकको सूचीमा दोस्रो...

नेपालमा आज शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
-संवाददाता

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ । गत २४ घण्टामा मात्र ८ हजार ४ सय १८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ को इलाममा ५, उदयपुरमा १९, ओखलढुंगामा २, खोटाङमा ७, झापामा २७६, ताप्लेजुङमा ८, धनकुटामा ९, पाँचथरमा ३, भोजपुरमा १, मोरङमा २५४, संखुवासभामा २, सुनसरीमा १५७ र सोलुखुम्बुमा २५ जनामा कोरोना भेटिएको छ । प्रदेश...

नेपालका यी २२ जिल्लामा छन् पाँच सय भन्दा बढी संक्रिय संक्रमित
-संवाददाता

काठमाडौं । नेपालका २२ जिल्लामा पाँच सयभन्दा बढी र २१ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को पर्सा, धनुषा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, चितवन र मकवानपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको...

काठमाडौं उपत्यकामा कति पुगे कोरोना संक्रमित ?
-संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा आज एकै दिन ३ हजार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ११३ संक्रमित थपिएका हुन् । शनिबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार २७० छन् । यस्तै, ललितपुरमा ४६२ र भक्तपुर जिल्लामा ३८१ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा साढे ३५ हजार कोरोनाका...