फाइजर खोप किन्न सरकारले गर्‍यो ‘गोप्य सम्झौता’, कहिले आइपुग्ला खोप ?
-संवाददाता

बीबीसी । अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर खोप खरिदका लागि नेपालले ‘नन-डिस्क्लोजर अग्रीमन्ट’मा हस्ताक्षर गरेको अधिकारीहरूले बताएका छन् । सरकारले कोभिड-१९ विरुद्धका सबै खोप प्राप्तिका लागि पहल गरेको अवस्थामा फाइजरसँग पनि “एक तहको समझदारी भइसकेको” र उक्त खोप खरिद गर्नका लागि “स्रोतको पनि जोहो भइसकेको” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए । अमेरिकासहित केही मुलुकमा फाइजर-बायोएनटेकले विकास गरेको खोप १२ वर्षमाथिका उमेर समूहमा पनि प्रयोगमा ल्याइएको...

कोरोना खोपलाई प्रभावकारी बनाउन खानुहोस् यी चिजहरू
-संवाददाता

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरबाट बच्न खोप एक मात्र तरिका हो । कोरोना विरुद्धको खोप लगाएपछि केही साइड इफेक्ट जस्तैः टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने र थकान महसुस हुन्छ । यी साइड इफेक्टहरू आहार र दिनचर्यामा ध्यान दिएर कम गर्न सकिन्छ । यसको साइड इफेक्ट कम गर्न र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन यी चिजहरू खान सकिने डाक्टरहरुले सुझाव दिँदै आएका छन् । प्याज र लसुन दुबै प्याज र लसुनले...

कोभिड-१९ विरूद्धको खोप लगाउन दर्ता नम्बर चाहिने, यसरी लिनुस् नम्बर
-संवाददाता

काठमाडौं । अब काठमाडौंमा कोरोना भाइरस विरूद्धको खोप लगाउन अनिवार्य अनलाइन दर्ता नम्बर चाहिने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै ५० वर्ष वा सो भन्दा मुनिका नागरिकले विद्युतीय दर्ता नम्बर ल्याए मात्र कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने जानकारी दिएको हो । यो व्यवस्थासँगै अब ५० वर्ष वा सो भन्दा मुनि र १८ बर्षमाथिका नागरिकले कोभिड १९ विरुद्धको खोप लगाउन अनलाइन दर्ता नम्बर ल्याउनु पर्नेछ भने सो...

जोन्सन एन्ड जोन्सन खोपमा दुर्लभ समस्या : के भन्छन् नेपाली विज्ञ ?
-संवाददाता

काठमाडौं । कोरोना भाइरसविरुद्ध जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोपको लेबलमा यसले नसासम्बन्धी दुर्लभ समस्या ‘गिलान बारे सिन्ड्रोम’ निम्त्याउन सक्ने सम्भावना रहेको अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले उल्लेख गरेपछि यो खोपका विषयमा धेरै चर्चा–परिचर्चा भइरहेका छन् । तर एफडीएका अनुसार जोन्सन खोपको यो रोगसँग सम्बन्ध भएको देखाए पनि खोपकै कारणले गर्दा यो समस्या देखिन्छ भनेर किटान गर्न सक्ने अवस्था भने छैन । ओम अस्पतालका कन्सलटेन्ट पिडियाट्रिक इम्युनोलोजिस्ट तथा...

कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?
-संवाददाता

काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने ? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ । खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधि बारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...